सिलगढी 5 सेप्टेम्बर 2022- मानव धर्मका प्रणेता श्री सतपालजी महाराज आफ्ना भक्तहरूलाई दर्शन दिन 4 सेप्टेम्बरको दिन सिलगढीको श्री हंसबेला आश्रममा आईपुगे। बिहानैदेखि विभिन्न क्षेत्रबाट विशेषगरी सिक्किम, दार्जिलिङ, दुवर्स, भुटान, आसाम र छिमेकी मुलुक नेपालबाट हजारौं महाराजजीका शिष्यहरु आएका थिए । हजारौं भक्तजनको अनुहारमा छाएको खुशी र आत्मिक आनन्दबाट सतगुरुको आत्मिक शक्तिको अनुमान गर्न सकिन्छ। मानव सेवा दल स्वयंसेवकहरूले यातायात नियन्त्रण गरिरहेका थिए। महाराजजीको आगमनको खबर पाउने बित्तिकै प्रशासनले ट्राफिक नियन्त्रणमा सहयोग गरे। मानव उत्थान सेवा समिति, सिलगढी तहसीलको तर्फबाट सबै भक्तहरूको लागि भण्डारको व्यवस्था गरिएको थियो। सत्संग हल अखिलेश बाईजीले भने हाम्रा सद्गुरु महाराज कति दयालु हुनुहुन्छ, जो असहाय, 20, 21 सेप्टेम्बर 2022 को कार्यक्रममा हरिद्वार जान नसक्ने भक्तहरूलाई दर्शन दिन आफै आएका छन्। भक्तिमा यति शक्ति छ कि भक्तलाई दर्शन दिन भगवान पनि आउनु पर्छ। तारिका बाईजीले नेपाली भाषामा सत्संग सुनाइन्। भजन कलाकारहरुले भक्तजनहरुलाई मिठो भजन प्रस्तुत गरि भक्तहरू भक्तिमय बनाए । साथै सतपाल महाराजको दर्शन गरि भक्तजनहरु खुबै आनन्द भएका छन् । सतपाल महाराजजीले भक्तहरूलाई आशीर्वाद दिँदै कोरोना प्रोटोकल पालना गर्न आग्रह गर्नुभयो। आज सतपाल महाराज हरिद्वार प्रस्थान भएको विशेष सूत्रबाट जानकारी प्राप्त भएको छ।

भक्तहरूको भिड़