17 जून 2024 - पश्चिम बंगालको न्यू जलपाईगुडी नजिक सोमबार बिहान सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस मालगाडीसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तिमा 25 जना घाइते भएका छन् । रेलका दुईवटा डिब्बा पटरीबाट खसेका छन् ।
‘कञ्चनजङ्घा एक्सप्रेसका चालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। एडिशनल एसपी कर्सेओङ अभिषेक रोयले भने । पुलिसले अलपत्र परेकाहरुलाई उद्धार गर्ने प्रयास गरिरहेको छ। डीएम, एसपी, डाक्टर, एम्बुलेन्स र आपदा टोली उद्धार, रिकभरी, चिकित्सा सहायताका लागि घटनास्थलमा पुगेका छन्। युद्धस्तरमा कारबाही शुरू गरियोको बताए।