CDONETWORK

  Monday , May 19 , 2025 4:23AM


शिक्षक दिवसको महत्व?

post_image
आजको पावन अवसरमा उहाँहरूप्रति आजन्म आभारी

सिलगढ़ी 5 सेप्टेम्बर 2022- जति पनि श्रद्धेय गुरूजनले मलाई विधा प्रदान गर्नु भो, आजको पावन अवसरमा  उहाँहरूप्रति आजन्म आभारी संगै ऋणी रहेको जनाउन चाहन्छु। । उहाँहरूले प्रदान गर्नु भएको विधा आर्जन गरेर सोही विधा नै वर्तमानको सन्दर्भसंग मिलाउने प्रयास गर्दै अनि त्यसैमा अलि-अलि त्यहीथाप पारे जस्तो गरी विधार्थीहरुलाई केही बाँड्ने प्रयास जारी छ, अनि यसमा सत्य कुरा के छ भने सो अर्जित अमूल्य विधा कहिले रित्तिन्दैन, सकिन्दैन बरू सधैँ वढ्दै गइरहेको छ जस्तो महसूस हुन्छ साथै यसले जीविका धान्ने काममा पनि सिंह भाग सहयोग पुराइ रहेछ। जेहोस् मेरा गुरुजनहरूले मलाई यहाँसम्म ल्याइदिनु भो तर खास जीवनको यात्रा त यहाँबाट सुरु हुँदो रहेछ - अर्थात् ज्ञान बुझ्ने प्रयास । हुनत, वुनियादी पाठशालामा हुँदा "विधाभ्यास प्रयोजन "पनि पढेकै हो तर ज्ञानको पोखरीमा डुबुल्की लाउन सकिरहेको छैन आजपर्यन्त,सायद आफू सतहीमा हुँदा मात्र पनि कहाँ कहाँबाट अहंले जरा गाड्न थालिहाल्छ कि ! ज्ञान त पाठ्यक्रम देखि वाहिर पो वस्दै आएको हुँदो रहेछ, त्यसैले गुरूजनको सम्झना आउँछ-अनि उहाँहरूले ‌भन्नुभएको Innovative mind हुनुपर्छ सानै छँदा देखि नै Think out of the box तर्फ cultivate गर्दै लानुपर्छ भन्ने कुराहरूलाई मनन मात्रै ‌ होइन चिन्तन गरेको अभिनय पनि त गरी टोपल्छु । तर लगनशीलता र समर्पित भावनाको अभावमा आफूलाई खाली..खाली लाग्दो रहेछ। 

त्यसैले होला  प्रत्येक शिक्षक दिवसमा आफूलाई अधुरो , अपूर्ण पाउँछु,आज पनि त्यही महसूस गर्दैछु ! खण्डित मन लिएर अखण्डताको सपना देख्नु मन त लाग्छ नि तर एउटा दिवास्वप्न जस्तो मात्र रहेछ! तथापि नानीहरू म जस्तो नअल्मलियोस भनेर उत्साह,जोश, प्रोत्साहन र आत्मबल बढाउन उनीहरूलाई  सधैं जस्तो  जोर दिएर भन्ने गर्छु - "तिमीहरूमा perseverance,Hard work, kindness, curiosity, Devotion n the ability to look beyond textbooks or think out of the box हुनुपर्छ,जसले नयाँ विश्व चियाउन सबै झयाल-ढोका खोलिदिन्छ।" यसरी आजको पवित्र दिनमा शिक्षा- संस्थानसंग जोडिएका सप्पै शिक्षक -शिक्षिकाहरूलाई हेप्पी टेचर्स डे भन्न आतुरिरहेको छु! प्रमूख सम्पादक - विजय ब्लोन




Leave comment