CDONETWORK

  Monday , May 19 , 2025 4:05AM


पर्यटक बढ्दै, दार्जिलिङमा ट्राफिक जाम

post_image
पर्यटक आफ्नै गाडी लिएर पहाडमा आउने गरेका छन्

दार्जिलिङ 16 मई 2024- दार्जिलिङ ट्राफिक जाम बढ्दै गएको छ । दार्जिलिङमा  गर्मीबाट छुटकारा पाउन दार्जिलिङमा पर्यटकको चाप बढ्दै जाँदा ट्राफिक जाम अतिनै बढेको छ । २५ मिनेट बाटोमा डेढ घण्टा, लाग्ने, सहरमा कार पार्किङ गर्ने ठाउँको अभाव रहेको दार्जिलिङ बासिन्दाको भनाइ छ । धेरैले सडक छेउमा गाडी पार्किङ गर्छन् । धेरै पर्यटक आफ्नै गाडी लिएर पहाडमा आउने गरेका छन् । तर बाटो साँघुरो छ । जसका कारण समस्या बढ्दै गएको छ । दार्जिलिङ सहरको भीड बढ्दै गएको छ । यसैबीच, दार्जिलिङ सहरमा विगतका दिनहरूमा कम्तीमा १७ वटा पार्किङ स्थल तोकिएको थियो। तर यथार्थमा त्यसो भएन । अहिले ट्राफिक जाम दार्जिलिङको प्रमुख समस्या भएको छ।

Related Photos




Leave comment